+
+

सासुओलोमाथि एसी मिलानको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते ७:४२

१५ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सासुओलोलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।

एसी मिलानले सासुओलोलाई उसैको घरेलु मैदानमा फराकिलो अन्तरले जित हात पारेको हो । एसी मिलानको जितमा सुसोले २ गोल गरे । त्यस्तै, फ्रान्क यान्निक किसे र स्यामुल क्यास्टिल्जोले समान १–१ गोल गरे । फिलिप जुरिसिसले एक गोल फर्काए सासुओलोलाई जित पर्याप्त भएन ।

खेलको ३९औं मिनेटमा फ्रान्कले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । एक गोलले अघि रहेको एसी मिलानले दोस्रो हाफमा ३ गोल गर्दा सासुओलोले एक गोल फर्काउन सफल भएको थियो ।

खेलको ५०औं मिनेटमा सुसोले अर्को गोल गर्दै एसी मिलानलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । एकपछि अर्को राम्रो प्रदर्शन गरेको एसी मिलानको लागि खेलको ६०औं मिनेटमा स्यामुलले गोल गर्दै तेब्बर अग्रतामा पुर्‍याएको थियो ।

यता, सासुओलोका लागि खेलको ६८औं मिनेटमा सुसुओलोका फिलिपले गोल गर्दै ३–१ के स्थितिमा पुग्ने संकेत देखाएको थियो । अतिरिक्त समयमा सुसोले गोल गर्दै मिलानलाई ४–१ को जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?