Comments Add Comment

नेपालले टस जित्यो, अफगानिस्तानलाई फिल्डिङको निम्तो

१५ असोज, काठमाडौं । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ ।

समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ ।

यता, अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो ।  युएई भने समुह चरणबाटै बाहिरिसकेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग २२७ रनको भारी अन्तरले पराजित भएसँगै युएई प्रतियोगिताबाट बाहिरिएको हो । भारत लगातार २ खेलमा जीत हात पार्दै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ । यदि नेपालले अफगानिस्तानलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना प्रबल रहन्छ । किनभने नेपालले समूह चरणको अन्तिम खेलमा युएईसँग खेल्दै छ भने अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी तथा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्यसकारण पनि नेपालको सम्भावना बढी छ । यद्यपि, पछिल्लो समयमा नेपालमाथि अफगानिस्तान हावी हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment