Comments Add Comment

वीरगञ्ज भन्सारले लक्ष्य भेट्टायो, सुस्तायो सिर्सिया भन्सार

१५ असोज, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भदौ महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । भने सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।

भदौं महिनाका लागि वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट १३ अर्व ७२ करोड ८४ लाख ६७ हजार लक्ष्य पाएको थियो । कार्यालयले १४ अर्व २ करोड ६२ लाख २३ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा २९ करोड ७७ लाख रुपैयाँले अर्थात २ दशमलब १७ प्रतिशत बढि छ ।

नयाँ सवारी लगायत कतिपय बस्तुको अन्तशुल्कको दरमा वृद्धि गरिएको र मालसमान आउने क्रम पनि बढेकोले राजस्व संकलन सन्तोषजनक भएको भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोष यादवले बताए ।

वीरगञ्ज भन्सार कार्यालयले मुख्य प्रवेशद्वार शंकराचार्य गेट हुँदै आयात निर्यात हुने मालबस्तुमा राजश्व संकलन गर्दै आएकोमा आईसीपी सञ्चालनमा आएपछि दुवैतिरबाट राजश्व संकलन गरिरहेको छ । कार्यालयले आर्थिक वर्षको सुरुवाती दुई महिनामा लक्ष्यको ३ दशमलब ५ प्रतिशत राजश्व अशुली गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

मुलुककै एक मात्र सुख्खा बन्दरगाह सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले भदौ महिनामा विभागको लक्ष्य अनुसारको राजस्व असुली गर्न असफल भएको छ । कार्यालयले दिएको तथ्याकं अनुसार भदौं महिनामा २ अर्व ५६ करोड ४० लाख ७२ हजार रुपैया राजस्व संकलन भएको छ ।

जबकी विभागले कार्यालयलाई २ अर्व ८९ करोड ९४ लाख ५६ हजार रुपैया राजस्व संक्लन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले लक्ष्य भन्दा १२ प्रतिशत कम अर्थात लक्ष्यको ८८ प्रतिशत राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कार्यालयले लक्ष्य भन्दा ८ प्रतिशत कम राजश्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी धन बहादुर बरुवालले भने साउन भदौंमा कारोबार कम हुने भएकोले राजश्व कमै उठ्ने गरेको बताए । असोजदेखि चाडबाडको लहर शुरु हुने भएकोले कारोबार बढ्ने र राजश्व अशुलीमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment