+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
71/2 (9.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

कैलालीमा बस दुर्घटना, एकजनाको मृत्यु, ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १८:३५

१५ असोज, धनगढी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

उपचारार्थ पद्मा अस्पतालमा भर्ना गरिएका घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?