+
+
Shares

पिछडा वर्ग महासंघ नेकपामा विलय

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १६:५८

१५ असोज, काठमाडाैं । पिछडा वर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी कार्यालय धुमबराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव विष्णु पौडेलले पिछडा वर्ग महासंघका संस्थापक अध्यक्ष भरतप्रसाद महतो र सचिव मनाइ महतोलाई पार्टी प्रवेश गराएका हुन् ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीका सर्लाही जिल्ला अध्यक्ष नागेश्वर शाहलाई पनि महासचिव पौडेलले पार्टी प्रवेश गराए । पिछडा वर्ग महासंघ र राजपाका ३६ जना सोमबार सोही कार्यक्रम मार्फत नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पौडेलले सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?