+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

युएईले नेपाललाई दियो २६९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १२:४४

१६ असोज, काठमाडौं । यू-१९ एसिया कपमा नेपाललाई युएईले २६९ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु ठूलो स्कोर पेश गरेको हो ।

युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयो । उसका फाहड नवाजले ८३ र अन्सले ६७ रन बनाए । ओपनरदोय नवाज र अन्सले १५९ रनको साझेदारी गर्दै युएईको इनिङ्स उकासेका थिए ।
नेपालका लागि बलिङतर्फ नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २-२ विकेट लिए ।

नेपाल र युएई दुबै एसिया कपबाट बाहिरिसकेका टिम हुन् । यसअघि भएको खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको थियो भने अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो ।

युएई भने पहिलो खेलमा अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो भने भारतसँग २२७ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?