१६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले नीजि आवास पुनर्निर्माण गर्न अनुदान रकम लिन नयाँ समयसीमा तोकेको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेका र पहिलो किस्ता नै नपाएका लाभग्राही हकमा सूचना जारी गरेको हो ।
प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने नीजि लाभग्राहीले दोस्रो किस्ता यसै वर्षको पुष मसान्तभित्र लिइसक्नुपर्नेछ । यस्तै २०७५ पुस मसान्त भित्र दोस्रो किस्ता लिइसक्ने लाभग्राहीले २०७६ बैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु भनिएको छ ।
पहिलो किस्ता समेत प्राप्त गर्न बाँकी रहेका लाभग्राहीको हकमा भने प्राधिकरणले फरक समयसीमा तोकेको छ । प्राधिकरणले जनाए अनुसार पहिचान भएका सबै लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी आउँदो कार्तिक मसान्त भित्र अनुदानको पहिलो किस्ता दिइसक्ने उल्लेख छ ।
त्यसपछि कार्तिक मसान्तभित्र पहिलो किस्ता पाउने लाभग्राहीले माघ मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । यस्तै माघ मसान्तभित्र दोस्रो किस्ता लिइसकेपछि तेस्रो किस्ताका लागि २०७६ जेठ मसान्त सम्मको समय सीमा दिइएको छ ।
गुनासो सुनुवाईबाट आएका र पुनः सर्भेक्षण, जोखिम वर्ग, परम्परागत वस्ती एवं वस्ती स्थानान्तरणबाट आउने लाभग्राहीहरुका लागि उल्लेखित अनुदान किस्ता गर्ने समय अवधि कार्यकारी समितिले निर्धारण गरे अनुसार हुने प्राधिकरणले जनाएको छ ।
हेर्नुस् सूचनाः
प्रतिक्रिया 4