Comments Add Comment

डडेल्धुरामा म्याद सकिएका पेय-पदार्थ फेला

१६ असोज, डडेल्धुरा । संयुक्त बजार अनुगमन टोलीले मंगलबार डडेल्धुरामा बजार अनुगमन गरेको छ ।

जिल्लाको सरमुकाम क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी र प्रशासन कार्यालयकै नायव सुब्बा धनबहादुर खडायतको नेतृत्वमा घरेलु, जिल्ला स्वास्थ्य, जिल्ला पशु सेवा र कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विभिन्न किराना पसलहरुमा केही मात्रामा मात्रै म्याद नाघेका सामग्री फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी जानकारी दिएका छन् ।

विगतको अनुगमनको तुलनामा भन्दा यो अनुगमनको क्रममा बजारमा म्याद नाघेका खाद्य बस्तु केही मात्रामा मात्रै भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थीले जानकारी दिएका छन् ।

तुफाडाँडा क्षेत्रका दुई पसलमा दुई महिनाअघि नै म्याद सकिएका पेय-पदार्थ कोकोकला र स्प्राइड भेट्टएिको नायव सुब्बा धनबहादुर खडायतले जानकारी दिएका छन् । अनुगमनका क्रममा भट्टएिका कोकोकला र स्प्राइड सलि गरेर राखेको उनको भनाइ छ ।

चिनीको मूल्यमा व्यापारीहरुबीच असमानता देखिएको छ । कुनै पसलमा चिनी प्रतिकिलो ८० र कुनैमा ७५ रुपैयाँमा विक्री वितरण भइरहेको पाइएको छ । समान मूल्यमा विक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment