+
+
Shares

टी–ट्वान्टी विश्व कप क्रिकेट छनाेटः नेपाल र म्यानमार भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते ८:२२

१७ असोज, काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार १२ बजेर १५ मा सुरु हुनेछ ।

म्यानमारलाई पराजित गर्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । म्यानमार पनि नेपाललाई रोक्ने प्रयासमा रहेको छ ।

नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा खेलेको थियो । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।

त्यतिबेला नेपालले चमत्कारिक प्रदर्शन गर्दै म्यानमारलाई १० रनमा नै अलआउट गर्न सफल भएको थियो । ११ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले मात्र २ बलमा खेल जितेको थियो ।

छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?