Comments Add Comment

‘प्रेमलिला’मा दीपशिखाको यस्तो रुप, भन्छिन्-‘अगाडिको चलेन, यो डेब्यू नै हो’

केही चलचित्रमा अभिनय गरेपनि सफल हुन नसकेकी कलाकार दीपशिखा खड्का फरक गेटअपका साथ नयाँ चलचित्र ‘प्रेमलिला’मा देखिने भएकी छिन् । उनले यसअगाडिका आफ्ना चलचित्रले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । यो चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्टलुक सार्वजनिक गरिएको छ ।

जनक पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । उनले भनिन्-‘मेरो यो गेटअपका कारणले पनि चलचित्र भित्र केही छ भन्ने थाहा हुन्छ । कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्‍यो ।’ उनले चलचित्रको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।

चलचित्रमा उनको साथमा दुबइमा रहेर मोडलिङ गर्दै आएका भारतीय मोडल अली खान र नव-कलाकार मौसम खड्काको मुख्य भूमिका छ ।

भारतबाट नेपाल आएको यूवा र नेपालमा रहँदै आएकी यूवतीविचको प्रेमकथालाई यो चलचित्रले उठान गरेको दीपशिखाले जानकारी दिइन् ।
यस्तै, कलाकार अली खानले दीपशिखासँग दुबइमा भेट भएपछि आफू नेपाल आएको र कथावस्तु सुनेपछि काम गर्न उत्साहित भएको सुनाए ।
यो चलचित्र माघको २५ गतेबाट नेपालभर रिलिज हुने वितरक सुनिल मानन्धरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment