+
+
Shares

सिटी सेण्टरमा सम्पूर्ण घरायसी सामानमा ५० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १५:२१

१७ असाेज, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा ʽसिटी सेण्टर सेलेब्रेशनः दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालनमा ल्याएको छ ।

सम्पूर्ण घरायसी सामानहरू पाइने मलहरूमध्येमा पर्ने सिटी सेण्टरले दशैंतिहार तथा छठको अवसर पारेर मेला आयोजना गरेको हो ।

दुई महिनासम्म सञ्चालन हुने मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ ।

सिटी सेण्टरले मेलाको अवसरमा २ महिनासम्म साङ्गेतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ । मेला अवधिभर आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउने छन् ।

योजनामा सहभागी भएका मध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइने कम्पनीले जनाएको छ ।

मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ  ।

मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरिएको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलमा जान सक्ने जनाइएकाे छ । मलमा रहेका पसलहरूले दशैं र तिहारको अवसरमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?