+

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको खराब सुरुवात

२०७५ असोज  १८ गते १०:५३ २०७५ असोज १८ गते १०:५३
वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको खराब सुरुवात

१८ असोज, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब सुरुवात गरेको छ ।

सौराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा आजदेखि सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो ओभरमै विकेट गुमाएको हो । पहिलो ओभरको अन्तिम बलमा के एल राहुल शून्य रनमै आउट भए । ३ रन हुदा पहिलो विकेट गुमाएको भारत सम्हालिएर खेलिरहेको छ ।

भारतका लागि पृथ्वी शावले टेष्ट क्रिकेटमा डेब्यु गरेका छन् ।

भारत र वेष्ट इन्डिजबीच २ खेलको टेष्ट क्रिकेट सिरिज हुनेछ । त्यसपछि भारत र वेष्ट इन्डिजले ५ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । त्यस्तै, ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दै वेष्ट इन्डिजले भारत बसाई टुंग्याउँनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय