Comments Add Comment

विवाहित महिलाका ५ गुण , जसले अरुलाई सजिलै प्रभाव पार्न सक्छ

हालैको एक अध्ययनबाट अनौठो तथ्य बाहिर आयो । युवा, जसले विवाह गरेका छैनन्, उनीहरु विवाहित महिलाप्रति आकर्षित हुने गरेका पाइयो । यसको कारण थियो, विवाह गरिसकेपछि महिलाहरुमा विकास हुने केही गुणहरु । विवाह गरिसकेका महिलाहरु परिपक्क हुने र जीवनलाई धेरै पाटोबाट बुझ्ने भइसकेका हुन्छन् । घर-व्यवहार सम्हाल्ने कुराले उनीहरुमा केही यस्ता गुणको विकास पनि गराएको हुन्छ, जसले अरुलाई प्रभावमा पार्न सक्छ । ति के-कस्ता गुण हुन् त ?

१. आत्मविश्वास

अविवाहितकोे तुलनामा विवाहित महिलामा आत्मविश्वास बढी हुने उक्त अध्ययनको निष्कर्ष थियो ।  । यही खुबीको कारण उनीहरुले अरुलाई सजिलै आफ्नो प्रभावमा पार्न सक्छन् ।

२. केयरिङ स्वभाव

विवाहित महिलाहरु धेरै नै केयरिङ स्वभावका हुन्छन् । उनीहरु दिनभर आफ्नो परिवारको अघिपछि घुमिरहन्छन् । परिवारको सदस्यहरुको खानपान र स्वास्थको बारेमा हरबखत चिन्ता हुन्छ ।

तर, सिंगल वा अविवाहित युवतीलाई घर परिवारको सन्दर्भमा त्यती गंभिर हुँदैनन्, जति विवाहित महिला हुने गर्छन् ।

३. शालीन स्वभाव

विवाहित महिला अफिस र घरको काम खुब राम्रो तरिकाले व्यवस्थापन गर्छन् । दिनभर काम गर्दा पनि उनीहरुको अनुहारमा मुस्कान देख्न सकिन्छ । उनीहरु हत्तपत्त कुनै कुरामा आफ्नो असन्तुष्टी वा रीस प्रकट गर्दैनन् र यस्तो बानी सबैलाई मन पर्छ ।

४. हार्मोनमा आउँछ परिवर्तन

विवाह पछि महिलाहरुको हार्मोनमा कैयौं परिवर्तन आउँछन् । यी परिवर्तनको कारण उनीहरु पहिला भन्दा धेरै आकर्षक र स्मार्ट देखिन्छन् ।

यसको साथै उनीहरुको अनुहारमा चमक पनि आउन थाल्छ जसले अरुलाई आफुतिर आकषिर्त गर्छ ।

५. कामको मात्रै कुरा गर्ने बानी

विवाहित महिलाहरु कामको मात्रै कुरा गर्छन् र जिम्मेवारीको कारण व्यवहारिक हुन्छन् । आफ्नो काम भन्दा बाहेक अरु कुरामा ध्यान दिने उनीहरुलाई फुर्सद पनि हुँदैन ।

तर, अविवाहित युवतीहरु कैयौं घण्टासम्म बिना मतलब फोनमा झुण्डिरहन्छन् । विवाहित महिलाहरुको कामको बारेमा मात्रै सोच्ने धेरैलाई राम्रो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment