Comments Add Comment

यामाहाको दशैं अफरः सुवाष गिरीले जिते यामाहा आर३

१८ असोज, काठमाडौं । यामाहाको दशैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ ।

एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको साप्ताहिक लक्की ड्रमा उनको नाम विजेताको रुपमा छानिएको थियो ।  भाग्यशाली विजेता सुवास गिरीले नयाँ बजारस्थित कालीगण्डकी अटोवक्र्सबाट एफजीएस एफआई मोटरसाइकल खरिद गरेका थिए ।

पहिलो साप्ताहिक लकी ड्रका विजेता सुवाष गिरीलाई कालीगण्डकी अटोवक्र्सका प्रबन्ध निर्देशक प्रेम गैरैले यामाहा आर३ को साँचो हस्तान्तरण गरे ।  यसैबीच, दोस्रो हप्ताको भाग्यशाली विजेताको नाम पनि घोषणा भइसकेको छ । पहिलो विजेता सुवाष गिरीले छानेको चिठ्ठामा महेन्द्रनगरका विजेन्द्र मल्ल दोस्रो विजेताका रुपमा छानिएका हुन् ।

उनले पनि यामाहाको तर्फबाट यामाहा आर३ जितेका छन् । उनलाई आउँदो साता मोटरसाइकल हस्तान्तरण गरिनेछ ।  यामाहाको दसैं योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्नुहुनेछ । दशैंको अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सपर््राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ प्रविधि रहेको इन्जिन छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन -एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment