Comments Add Comment

भोजको फोहोर सफा नगर्दा दलित विद्यार्थी निकालिए

१८ असोज, महोत्तरी । फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् ।

किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । ।

मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका विद्यार्थी हुन् ।

विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभाेज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।

मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।

विद्यालयमा किरिया भोज

असोज १० गते पढाइ बन्द गरी विद्यालय परिसरमा किरिया भोज खुवाइएको थियो । भोजपछि बाँकी रहेको खानेकुरा र फोहोर डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको हरिनमरीको दावी छ ।

विद्यालयबाट निष्कासनमा परेका मुकेशले आफूलाई न्याय दिलाइदिन आग्रह गरेका छन् ।

स्थानीय वासिन्दाले यसअघि ३ वर्षअघि प्रधानाध्यापक यादवले राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निष्कासन गरेको बताएका छन् ।

भंगाहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहले प्रधानाध्यापकले विद्यार्थीमाथि अमानवीय व्यवहार गर्नु गम्भीर विषय भन्दै कानूनअनुसार कारबाही गर्न माग गरेका छन् ।

प्रधानाध्यापक मनोहरप्रसाद यादवले भने विद्यालयबाट निष्कासन नगरेको बताएका छन् । विद्यालयमा सरसफाइ हुँदै गर्दा मल्लिकले आफूले सफाइ नगर्ने भनेकाले त्यहाँ नबस्न मात्र बनेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment