Comments Add Comment

पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् ।

ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी थिईन् ।

यस्तै सन्देशले १०५ केजी तौलमा २५८ केजी भार बहन गरेका थिए । उनीहरुले नगद ११ हजारका साथै ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियरतर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियर तर्फ बाँकेका प्रकाश के.सी. उत्कृष्ट भारोत्तोलक घोषित भए । महिला तर्फ सिनियरमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी र जुनियर तर्फ बाँकेकी संजु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए ।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियरतर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए । उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५/२५ सय प्राप्त गरे ।

नेपाली सेनाका राजु चौधरीले सिनियर तर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे । चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा ११५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका मुई लामा रहे । उनले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी भार बहन गरे । कास्य पदक पाएका एपिएफका सुभाष कुमार शाहले १७४ केजी भार बहन गरे । उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे ।

जुनियर तर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे । दोश्रो स्थानमा बाँकेका तुसार बुढामगर रहे । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १५० केजी उचाले । तेश्रो स्थानमा रहेका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल ११७ केजी उचाले ।

प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भारका साथ स्वर्ण पाए । सेनाका उनले स्नाचमा ११० र क्लिनमा १४५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले २१० केजी भार बहन गर्दै रजत पाए । उनले स्नाचमा ९० केजी र क्लिनमा १२० केजी उचाले । कास्य पदक पाएका सेनाका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १०२ केजी गरि कुल १७७ केजी उचाले । जुनियर तर्फ बाँकेका प्रकास के.सीले स्वर्ण हात पारे । उनले स्नाचमा ९५ केजी र क्लिनमा १२२ केजीका साथ कुलमा २१७ केजी बार बहन गरे । बाराका सजरुद्धिन आलमले कुलमा १५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १४० केजीका साथ कास्य पाए ।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा ११२, क्लिनमा १३० केजीका साथ कुलमा २४२ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २२० केजी भार उचाले । एपिएफका तिलक थापाले १८५ केजीका साथ कास्य पाए । जुनियर तर्फ बाँकेका सुरज बैश्यले १९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ८५ केजी र क्लिनमा ११० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १०२ केजीका साथ रजत पाए ।

प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओम प्रकास बैश्यले २२६ केजी भारका साथ स्वर्ण पाए । उनले स्नाचमा १०० केजी र क्लिनमा १२६ केजी उचाले । सेनाका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कास्य पाए । दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले । जुनियर तर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १४२ केजीका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा ११२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे ।

यसै गरि ९४ केजीको सिनियर तर्फ नेपाली सेनाका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पाए । उनले स्नाचमा ८८, क्लिनमा १२५ केजी गरि कुलमा २१३ केजी भार बहन गरे । पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए । गगनले स्नाचमा ९० केजी र क्लिनमा १२१ केजीका साथ कुलमा २११ केजी भार बहन गरे । यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा ११५ केजी गरि कुल २१० केजी उचाले । जुनियर तर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा ११० केजी भार उचाले ।

पुरुषको १०५ केजी तौलमा स्ट्रङ्गेष्ट खेलाडी घोषित नेपाल प्रहरीका सन्देश गुरुङ्गले २५८ केजी भारका साग स्वर्णलाई आत्मसाथ गरे । उनले स्नाचमा ११५ केजी र क्लिन एण्ड जर्कमा १४३ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा ११५ केजीका साथ २०० केजी भार बहन गरे । यस्तै एपिएफका रनबहादुर नगरकोटीले १९९ केजीका साथ कास्य पाए । उनले स्नाचमा ८६ केजी र क्निलमा ११३ केजी भार उचाले । जुनियर तर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १५० केजी भार उचाले ।

१०५ केजी माथीको तौलमा सेनाका पुकार गुरुङ्ग पहिलो भए । उनले स्नाचमा ११५ केजी र क्लिनमा १३० केजी गरि कुल २४५ केजी भार उचाले । दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १२६ केजी उचाले । उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले । यस्तै जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १२५ केजी गरि कुल २२२ केजी उचाले । रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १३० केजीका साथ रजत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment