Comments Add Comment

ओली प्रचण्ड छलफलपछि नेकपाको ‘हाइकमाण्ड बैठक’ बोलाइयो

१९ जेठ,काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतवार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।

प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ । सो प्रस्ताव स्थायी कमिटीबाट पारित गर्ने सहमति अध्यक्षद्धयबीच भएको स्रोतले जनाएको छ ।

दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

छलफलमा सचिवालय बैठकका निर्णय कार्यन्वयन गर्ने तर स्थायी कमिटी बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment