Comments Add Comment

भारतविरुद्ध नेपाल १-० गोलले अघि

१९ असोज, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले खेलको १५औं मिनेटमा नै किपरलाई छक्याएर गोल गरेकी थिइन् ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ ।

भारतभन्दा नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल र भारतबीचको विजेताले फाइनलमा उपाधिको लागि आयोजक भुटान र बंगलादेशको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment