Comments Add Comment

मुटु रोगः कसलाई, किन र कसरी लाग्न सक्छ ?

सग्लो वा तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । हामी सोध्छौं, ‘के भयो अचानक ?’

जवाफ अक्सर उस्तै हुनेगर्छ, ‘हार्ट अट्याक ।’ अर्थात हृदयघात । मुटुको कार्यसंचालनमा अप्रत्यासित अवरोध पुगेपछि यस्तो अवस्था आउँछ ।

भनिन्छ, विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि हो । हृदयघात जसलाई पनि, जतिबेला पनि हुनसक्छ । र, यसको सबैभन्दा बढीमा जोखिममा मुटु रोगले ग्रस्तहरु हुन सक्छन् ।

मुटुरोग लाग्ने अनेकन कारण छन् । त्यसमध्ये अस्वस्थ्यकर जीवनशैली र तनाव पनि एक हो । पछिल्लो समय मुटु रोगी बढ्नुमा यही कारण मूख्य मानिएको छ । करियरको तनाव, पैसाको तनाव, घरजग्गाको तनाव, प्रतिष्ठाको तनाव अदिको घेराबन्दीमा परेको समाजमा मुटु रोगी बढ्दो छ ।

अझ दुखलाग्दो त के छ भने, तनाव कम गर्ने वाहानामा मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ ।

मुटु रोगको जोखिम कम गर्नका लागि पनि सबैभन्दा पहिले आˆनो स्वास्थ्य प्रति सर्तकता अपनाउनै पर्छ । साथै, मुटुको रोगको लक्षणबारे जानकारी लिएर पनि मुटु रोगको जोखिम कम गर्न सकिन्छ ।

मुटु रोगका लक्षण

-हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने गर्छ ।

-मुटु सम्बन्धि कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रकि्रया सम्बन्धि समस्या हुने गर्छ ।

-मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने गर्छ । र, यो दुखाई क्रमश हाततिर सर्दै जान्छ ।

-शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण हो । कुनै व्यक्तिलाई मुटु सम्बन्धि समस्या भएमा विना शरीरीक परिश्रम पनि शरीरबाट पसिना निस्कने गर्दछ ।

-मुटु रोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलावी हुन गर्छ । जुन हृदयाघातको एउटा लक्षण हो ।

-सास लिनमा कठिनाई महसुस हुनु वा कम सास फेर्नु पनि हृदयाघातको प्रमुख लक्षण हो ।

-खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । र, मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटु रोगको संकेत हो ।

-कयौ पटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु पनि मुटु रोगको संकेत हुनसक्दछ ।

रोगबाट कसरी बच्ने ? 

चिकित्सकहरुका अनुसार मुटु रोग लाग्ने प्रमुख कारण भनेको तनाव नै हो । त्यसैले, मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ ।

त्यस्तै, नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धि एक्सरसाइज गरेर पनि मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।

मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभएमा पनि मुटु सम्बन्धि रोग लाग्ने गर्छ । त्यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्नका लागि पनि  स्वच्छ वातावरणमा लामो लामो सास फेर्न जरुरी छ । यसले पनि मुटुलाई स्वस्थ राख्न सहायता प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment