Comments Add Comment

चिनीको चलखेलबारे छानबिन गर्न संसदलाई मन्त्री यादवको चुनाैती

१९ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आफूलाई चिनीको मूल्यमा चलखेल गरेको तथ्यहीन आरोप लगाइएको भन्दै छानबिन गर्न संसदलाई चुनौती दिएका छन् ।

असोज १५ गते सार्वजनिक लेखा समितिको बैठकमा चिनीको बजार भाउ बढाउन चलखेल गरेको भनी आफैलाई आरोप लागेको भन्दै मन्त्री यादवले छानबिन गर्न चुनौती दिएका हुन् । उनले सभामुखलाई पत्र लेखेर आफूमाथि छानबिन गर्न आग्रह गरेका छन् ।

‘‍‍‍‍‍… बजारमा उपभोग्य वस्तुहरुको उपलब्धता विषयमा २०७५/०६/१५ गतेका दिन यस मन्त्रालयका दुवै सचिवहरु तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई बोलाई छलफल गदर्दा रु १ अर्ब ६९ करोडको चिनीको बजार भाउ बढाउनमा चलखेल भएको समेत हामीमाथि आरोप लगाइएको र पत्रपत्रिकामा पनि सार्वजनिक भएकोले तथ्यहीन आरोप लगाएकोप्रति खेद व्यक्त गर्दै यथासिघ्र छानबिन गरी दोषीमाथि कडा कारबाहीको लागि हार्दिक अनुरोध गर्दछु’ मन्त्री यादवले पत्रमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment