+
+
Shares

१६ लाखको सामानसहित २ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते ११:०१

२० असोज, बुटवल । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख २ हजार मूल्य बराबरको स्काभेटरको पार्टस् सहित महिन्द्रा केयूभी गाडी र दुईजना भारतीयलाई सशस्त्र प्रहरी गुल्म भैरहवाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी ७ बस्ने वर्ष ३१ का गौरव गोयल र सोही ठाउँका वर्ष २८ का अंकित गोयल रहेका सशस्त्र प्रहरी गुल्म भैरहवाका सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालले जानकारी दिए ।

बरामद सामान र गाडी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको रिजालले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?