२१ असोज, काठमाडौं । पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा पाकिस्तानले उधारोमा तेल मागेको हो ।
पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार दुनियाका अनुसार पाकिस्तानले साउदी अरबसँग आगामी तीन महिनासम्म दैनिक दुई लाख ब्यारेल तेल उधारोमा दिन माग गरेको छ ।
साउदी अरबले हाल दैनिक एक लाख १० हजार ब्यारेल तेल एक महिनासम्मका लागि उधारोमा दिइरहेको छ ।
पाकिस्तान हाल आर्थिक संकटमा छ र उक्त संकटबाट देशलाई माथि उठाउन उधारोमा तेल मागिएको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4