Comments Add Comment

ब्राजिलको राष्ट्रपतीय चुनावः पहिलो चरणमा उग्र दक्षिणपन्थी उम्मेदवार विजयी

२२ असोज, काठमाडौं । ब्राजिलको राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उग्र दक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् ।

वामपन्थी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो ह्याडेगलाई पछि पार्दै बोल्सोनारु विजयी भएका हुन् । तर निर्वाचनका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन भने बाल्सोनारु चुकेका छन् ।

पहिलो चरणमा भएको निर्वाचनको लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४६ प्रतिशत मत हासिल गरेका छन् भने उनका प्रष्तिपर्धी फर्नान्डो २९ प्रतिशतमा सीमित भएको बीबीसीले जनाएको छ ।

आवश्यक ५० प्रतिशत मत हासिल गर्न दुवै उम्मेदवार असफल भएपछि ब्राजिलमा अब अक्टुबर २८ मा दोस्रो चरणको निर्वाचन तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment