Comments Add Comment

भारत र बंगलादेशविरुद्ध खेल्न क्रिस गेलले गरे अस्वीकार

२२ असोज, काठमाडौं । वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भारत र बंगलादेशविरुद्धको सिरिजमा राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरेका छन् ।

उनी चाँडै अफगानिस्तान प्रिमियर लिग र त्यसपछि टी-१० लिग खेल्दैछन् ।

वेष्ट इण्डिज क्रिकेटका अनुसार घरेलु मैदानमा हुने इंल्याण्डविरुद्धको सिरिज र विश्वकपका लागि भने गेल तयार छन् । अलराउन्डर डरेन ब्राभो दुई वर्षपछि सबै फम्यार्टको वेस्ट इन्डिज टिममा आएका छन् भने किरन पोलार्ड भारतविरुद्ध हुने टी-२० खेलमा उपलब्ध हुनेछन् । आन्द्रे रसेल टी-२० टिममा परेका छन् ।

क्रिकेट बोर्डले वेष्ट इण्डिजको राष्ट्रिय टिममा पर्न क्षेत्रीय प्रतियोगिता खेल्नु पर्ने शर्त राखेपछि स्टार क्रिकेटरहरुले पछिल्लो समय देशका लागि खेलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment