Comments Add Comment

प्रदेश राजधानीबारे सहमतिमै निर्णयः सभामुख श्रेष्ठ 

२२ असोज, हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी सहमतिमै तोक्ने प्रयास हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।

राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश भएको छ । संसदीय समितिले काभ्रे, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर गरी पाँच जिल्लालाई विकल्पका रुपमा अघि सारेको छ ।

प्रदेशसभाका सभामुख श्रेष्ठले राजधानीबारे सहमतिमै निर्णय गराउने प्रयास भइरहेको बताए । प्रदेशसभाका सबै निर्णयहरु सहमतिकै आधारमा भएको भन्दै उनले  राजधानी तोक्ने बिषय पनि सहमतिमै गराउन पहल भइरहेको बताए ।

उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा विचाराधीन  छ सन भन्ने प्रश्नमा सभामुख श्रेष्ठले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई मात्र भएको बताए ।

प्रदेश सभामा दर्ता भएका २४ मध्ये १७ वटा विधेयक पास भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ । एउटा विधेयक प्रमाणिकरणको प्रकृयामा रहेको र चार विधेयक संसदीय समितिमा दफावार छलफलको क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment