+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तुलसीपुरमा नियमित विमान सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते ८:०४

२३ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान आरम्भ गरेको हो । सोमवारको पहिलो उडानमा सभामुख कृष्णबहादुर महरा काठमाडौंबाट तुलसीपुर आएका थिए ।

उडान आरम्भ गर्नका लागि सभामुख महरा, सांसद मेटमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले पहल गरेका थिए । दशैंको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।

तुलसीपुरमा इन्धन डिपो नभएकाले तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

जहाजको टिकट काठमाडौंमा सुन्धारास्थित नेपाल वायु सेवा निगमको कार्यालयमा र दाङमा तुलसीपुर उपमहानगरपालिकामा पाइन्छ ।

२०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले बेला बेलामा सेवा दिए पनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा आरम्भ गरेको हो । धावन मार्ग साँघुरो भएका कारण तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अस्थायी रुपमा इन्धन डिपो स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भन्दै दुई साताभित्रै अस्थायी इन्धन डिपो आइपुग्ने जानकारी दिए । अस्थायी डिपो स्थापना भएपछि अन्य विमान कम्पनीहरु आउनुका साथै भाडा दरमा पनि गिरावट आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?