Comments Add Comment

नेपालद्वारा भुटानलाई १५१ रनको लक्ष्य प्रस्तुत

२३ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानसँग उत्कृष्ट ब्याटिङ गर्न सकेन । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो ।

नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित ७५ रनको पारी खेले । उनले ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

त्यस्तै, नेपालका लागि अनिल कुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले अविजित ११ रन बनाए ।

नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने दाउँमा रहेको छ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल अंक तालिकोको दोस्रो स्थानमा उक्लिएको थियो ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक रहेको छ । तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहंदा आयोजक मलेसियाको ३ अंक रहेको छ । त्यस्तै, पाचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक रहेको छ ।

४ खेलमा कुनै पनि खेल जित हात पार्न नसकेको चीनभने बाहिरिसकेको छ ।

यो समूहबाट शीर्ष ३ राष्ट्र टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment