+
+

भरतपुरको एक होटल र प्रोभिजनल स्टोरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १०:२०

२३ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय रोडमा रहेको एक होटल र प्रोभिजनल स्टोरमा आगलागी भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडिको चोकमा रहेका होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिजनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

सोमवार राति सवा ९ बजे लागेको आगो राति सवा ११ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रभु ढकालले जानकारी दिए ।

आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । विद्युत सट भएर आगो लागेको प्रहरीले जनाएको छ ।

महानगरपालिकाको बारुणयन्त्र आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयको गुनासो छ । नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

छहारी होटलका सञ्चालक डिल्लीप्रसाद कँडेल र भीमप्रसाद कँडेल तथा पौडेल दूध डेरी एवम् प्रोभिजनल स्टोरका सञ्चालक मनोज जोशी हुन् । घटनामा कुनै मानविय क्षति भएको छैन । सो घर दुर्गामणी गौतमको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?