+
+
WC Series
लुम्बिनी लायन्स 2025
81/2 (10.6)
VS
५४ बलमा ५२ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १८:५०

२३ असोज, बुटवल । रुपन्देहीको सैनामैना १ वनकट्टास्थित मामाघरमा बस्दै आएका एक किशोर ५ दिनदेखि वेपत्ता भएका छन् ।

१४ वर्षका प्रवीण केसी ५ दिनदेखि बेपत्ता भएका हुन् । बुटवल १३ बेलबासमा रहेको एलबी नमूना आवासीय मावि कक्षा ८ मा अध्ययनरत केसी असोज १९ गतेदेखि सम्पर्कविहीन भएपछि आफन्त तथा परिवारजनले खोजी गरिदिन अपिल गरेका छन् ।

विद्यालयबाट आएपछि अपरान्ह ४ बजेदेखि किशोर सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । उनको जन्मघर भने अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ४ धारापानी हो ।

छोरा हराएपछि अभिभावकले ईलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनामा खोजतलासका लागि निवेदन समेत दिएका छन् ।

आमा मधु केसी खत्रीका अनुसार ‘साँझ ५ बजे छोरोले कपिलबस्तुबाट फोन गर्यो,त्यसपछि सम्पर्कमा आएन’ उनले भनिन् । उनका बुबा भारतमा रोजगारीका लागि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?