+
+

खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्छुः कृषि मन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १८:०४

२३ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले खाद्य पदार्थमा मिसावट गर्ने कसैलाई नछाड्ने बताएका छन् । यसै कारण सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलबार गरेको ‘समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य’ विषयक विचार गोष्ठिमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए ।

मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको पाइएको उनले बताए ।

अनुगमन र कडाई पछि अहिले ढुक्कले दुध खान मिल्ने अवस्थामा पुर्‍याएको उनको दावी छ ।  मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए ।

‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन’, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’

अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी उद्योगमा शिलबन्दी गरिएको उनले बताए । उनले कृषि क्षेत्रको अवस्था दयनिय भएको बताए ।

२ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनिय भएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?