Comments Add Comment

नवलपरासीमा नयाँ शक्तिको प्रशिक्षण

नवलपरासी / नयाँ शक्ति पार्टीले नवलपरासीको परासीमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य गंगानारायण श्रेष्ठले समसामयिक एवं सांगठनिक विषयमा प्रकाश पार्दै नयाँ शक्तिले मात्रै विद्यमान राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने बताए ।

उनले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन र अबको ‘५ वर्षे’ मिसन अन्तर्गत देशब्यापी रुपमा संगठन विस्तार गरी जनपरिचालनका काम गरिरहेको बताए ।

उनले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताए ।

त्यस्तै समसामयिक विषयमा प्रशिक्षण दिँदै नयाँ शक्ति पार्टी प्रदेश ५ का संयोजक दानबहादुर चौधरीले अहिलेको नेकपा नेतृत्वको सरकारले जनचाहना अनुसार कुनै काम गर्न नसकेको बरु यसले जनमतको हुर्मत लिने काम गरेको बताए ।

प्रशिक्षण कार्यक्रममा विषयगत प्रशिक्षण दिंदै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले नयाँ शक्तिले वैकल्पिक अर्थतन्त्रको रुपमा सामाजिक बजार अर्थतन्त्रलाई अंगिकार गर्ने बताए ।

नवलपरासीका इन्चार्ज चिनक कुर्मीले नयाँ शक्ति नै सबैको आशा र भरोसाको केन्द्र भएको बताए । विषयगत प्रशिक्षणकै क्रममा नयाँ शक्ति केन्द्रीय कार्यकारी सदस्य कमल खनालले वैकल्पिक राजनीतिक संगठनको संरचनाको बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै नयाँ शक्तिको विचार र दर्शनको बारेमा नारायण खनाल, समावेशिता र इन्द्रेणी राष्ट्रवादको अवधारणा विषयमा बोम दर्लामी मगर, नेतृत्व विकासको बारेमा पंकज राई, लैंगिक समावेशिता विषयमा सुनिता काफ्लेले प्रशिक्षण दिएका थिए ।

पार्टीले प्रदेश ५ का गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । बाँकी जिल्लाहरु कात्तिक दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको प्रदेश ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment