Comments Add Comment

काठमाडौंमा खाद्य संस्थानले भोलिदेखि खसीबोका बेच्ने

२५ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गर्ने भएको छ ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।

संस्थानका लागि वागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङ्ग्रा काठमाडौं आइपुगेको जानकारी दिए ।

भोलिसम्म मुस्ताङबाट १ हजार वटा च्याङ्ग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । शुक्रबार विहान ८ बजेदेखि बाट खसी, बोका र च्याङग्रा बिक्री वितरण हुनेछ ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको लागि खसीबोका बिक्री वितरण हुने बताए । बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिनाइ भइरहेको पनि संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment