+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१ बलमा ५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
125/6 (19.5)
Shares

फुटबलरको रिस : नाइट क्लबको झगडामा गायकको नाक भाँचिदिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १५:४६

२५ असोज, काठमाडौं । टर्कीको स्तानबुल बसाकसेहिर क्लबमा रहेका बार्सिलोनाका पूर्व मिडफिल्डर एर्डा टुरानले एक नाइट क्लबमा भएको झगडामा गायक बेरकेको नाक भाँचिदिएका छन् ।

नाइट क्लबमा टुरानले बेरकेकी श्रीमतीलाई जिस्काएपछि झगडा सुरु भएको बताइएको छ । टुरानले भनेका थिए, ‘यदि म विवाहित नभएको भए तिमी जस्तो केटीलाई छोड्ने थिइन् ।’

टुरानको भनाईपछि बेरकेले श्रीमतीलाई घर पठाएर झगडा सुरु गरेका थिए । जसमा टुरानले उनको नाकमा हानेर भाँचिदिएका हुन् । केही समयपछि अस्पतालमा गएर टुरानले बेरकेसँग माफी मागेका थिए ।

टुरानले आफ्नो इन्स्टाग्राममार्फत क्लबमा साथीहरुसँग गएको र झगडा पनि परेको स्वीकार गरेका छन् । तर, झगडाको कारण गायकको श्रीमतीलाई जिस्क्याउनु भने नहरेको उनको भनाइ छ ।

३१ वर्षका टुरान गएको जनवरीमा बार्सिलोनाबाट लोनमा बसाकसेहिर गएका थिए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?