+
+
Shares

बारागढीमा २५ जना छात्रालाई साइकल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १८:११

२५ असोज, वीरगञ्ज । बाराको बारागढी गाउँपालिका-१ बुद्धगाईमा रहेको जनता माध्यमिक विद्यालयले कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा २५ जना गरीब, दलित तथा जेहन्दार छात्राहरुलाई साइकल विरतण गरिएको हो । गाउँपालिका प्रमुख देवदत्त बच्छाडले छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन टाढा टाढाबाट पढ्न आउने गरीब, दलित तथा जेहन्दार छात्राहरु छात्राहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिका प्रमुख बच्छाडले बताए ।

तत्कालको लागि २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको भएपनि आवश्यक परेको खण्डमा विद्यालयमा अध्ययनरत अन्य छात्राहरुका लागि पनि गाउँपालिकाले साईकल दिने आश्वासन दिएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद चौधरीले बताए ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत बन्दना कुमारी चौधरी, चाँदनी कुमारी चौधरी, श्रुती कुमारी चौधरी, निलम कुमारी साह, पूजा कुमारी पासवान, पुनम कुमारी पासवान लगायतले साइकल पाएपछि खुशी व्यक्त गरेका छन् ।

ग्रामीण भेगका गरीब, दलित तथा असहाय व्यक्तिहरुले बाध्य भएर आफ्नो बालबालिकाहरुलाई विद्यालयका सट्टा काम गर्न पठाउने गरेको परिपाटीलाई अन्त्य गर्न तथा छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्नका लागि साइकल वितरणले मुख्य भूमिका खेल्ने विद्यालयको विश्वास रहेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये छात्राहरुको सँख्या बढिरहेको विद्यालयले जनाएको छ । कक्षा ९ मा मात्रै ७५ जना छात्रा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?