+
+
Shares

मानवअधिकार आयोगको निर्देशन : निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्नू

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते ३:३०

२५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगले बिहीबार डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानूनी चिकित्सा विज्ञ र डीएनए विज्ञहरु छलफल गरेको थियो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए टेष्ट शंकास्पद देखिएको छ ।

‘भजाइनल स्वाब संकलन सही छन् तर, परिक्षणमा केही विधि नपुगेका पाइएको छ’ आयोगका सदस्य सुदीप पाठकले अनलाइनखबरसँग भने, ‘डीएनए टेष्टमा केही आशंका लागेकाले थप परीक्षण गर्नुपर्ने निश्कर्षमा पुगेका छौं ।’

मानवअधिकार आयोगले निर्मलाको शवबाट संकलित भजाइनल स्वाबको नमूना र त्यसबाट पृथकीकरण डीएनए लगायतका सबूतहरु जेजस्तो अवस्थामा छन्, त्यही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

साथै निर्मलाको शवबाट भजाइनल स्वाबको नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?