Comments Add Comment

सागर र अनुष्कालाई दोहोरो स्वर्ण

पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेल ९ औं माछापुच्छ्रे कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् ।

५० मिटर फ्रि स्टायल तर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् । पुरुष तर्फको दोश्रो स्थानमा एलएका रियाज महर्जन र तेश्रो स्थानमा नेपालगंजका रिजन बिष्ट रहे ।

यस्तै महिलातर्फ लेसिया डङ्गोलले रजत र नेपालगंजकी नम्रता कार्कीले कास्य पाइन् ।

यस्तै ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४.१९ सेकेन्डमा दुरी पुरा गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङ्गले कास्य पाए ।

महिलातर्फ अनुष्काले ४१.३५ सेकेन्डमा स्वर्णमा पाइन् । दोश्रो स्थानमा अदिप्शा बैद्य र तेश्रौ स्थानमा नेपालगंजकी नम्रता कार्की रहिन् ।

कास्की जिल्ला पौडी संघका आयोजना तथा नेपाल पौडी संघको सहयोगमा भएको च्याम्पियनसिपको पि|mस्टायलतर्फ नै यु १४ को ५० मिटरमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कास्य पाए ।

महिलातर्फ अनुसिया तन्डुकारले स्वर्ण, जेभियरकी प्रनु भंडारीले रजत र नेपालगंजकी सुमी शाहीले कास्य पाए । यू-१२ मा पुरुषतर्फ श्रेयन सिंहले स्वर्ण, नेपालगंजका अविरल भंडारी र खेम राज थापाले कास्य पाए । महिलातर्फ शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण मंजुघोक्साकी भिदुषी गुरुङ्गले रजत र आरज्ञी बिष्टले कास्य पाए ।

यू-१० मा लिसन डङ्गोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगंजका करुण शर्माले कास्य पाए । यस्तै महिलातर्फ नेपालगंजकी सुपि्रया रावलले स्वर्ण, आर्जु थापामगरले रजत र दीपा कर्णले कास्य पाए ।

यू-८ को २५ मिटरमा पुरुष तर्फ मंजुघोक्साका चोगेल शेर्पाले स्वर्ण, मियोन महर्जनले रजत र प्रतिक महर्जनले कास्य पाए । महिला तर्फ टिशा महर्जनले स्वर्ण, आर्या महर्जनले रजत र जेनिसिर के.सी.ले कास्य पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment