Comments Add Comment

अभिषेककी दिदीसँग ऐश्वर्याको बोलचालै बन्द, बुक लन्चमा पनि गइनन्

 

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारभित्र उति ‘लोकप्रिय’ छैनन् । सासु जया बच्चनसँग उनको खराब सम्वन्ध त नयाँ कुरा भएन, अब आमाजुसँग पनि उनको तिक्तता बढिरहेको खुलासा भएको छ ।

अमिताभ बच्चनकी छोरी श्वेतासँग केही समयदेखि ऐश्वर्याको बोलचलै बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार श्वेताद्वारा लिखित पहिलो उपन्यासको विमोचन कार्यक्रम थियो । बच्चन परिवारका लागि निकै महत्व राख्ने उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक उपस्थित भएनन् । उनीहरु छोरी आराध्यालाई लिएर कबड्डी म्याच हेर्न पुगेका थिए ।

ऐश्वर्याकै दवावले अभिषेकले पनि श्वेताको कार्यक्रम ‘बहिष्कार’ गरेको बुझ्न सकिन्छ । त्यसो त पछि अभिषेकले सामाजिक सञ्जालमा पुस्तक विमोचनको फोटो राखेर श्वेतालाई बधाई दिए । तर, ऐश्वर्याले यति पनि गरिनन् ।

किताब बिमोचन कार्यक्रममा अमिताभ र जयाका साथै केही चलचित्रकर्मीहरु पनि आएका थिए । बुहारी नआउँदा त श्वेतालाई केही फरक परेन होला, तर भाई पनि नआएपछि उनी निराश देखिइन् ।

ऐश्वर्या र श्वेताको बिग्रेको सम्वन्ध केही दिन अगाडि एक कार्यक्रममा छरपष्ट भएको थियो । श्वेताको फेसन चेनको उद्घाटन कार्यक्रममा ऐश्वर्या आफ्ना पति अभिषेकसँगै पुगेकी थिइन् । तर, श्वेतासँग उनको बोलचालै भएको देखिएन । उनीहरु एक अर्कासँग तर्किएका थिए । ऐश्वर्या औपचारिकता निभाउन मात्रै सो कार्यक्रममा उपस्थित भएकी थिइन् ।

सोही कार्यक्रममा अभिषेककी पूर्वप्रेमिका करिश्मा कपुर पनि आएकी थिइन् । ऐश्वर्यासँग नबोलेकी श्वेता करिश्मासँग भने निकै हेलमेल भएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment