Comments Add Comment

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवासबाहिर धर्ना

२६ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन ।

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मी कपिलदेव श्रेष्ठले बताए ।

उनले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश पनि व्यक्त गरे ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

मानव अधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment