+
+
Shares

डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको साल अड्किएपछि जटिल प्रसूति भएकाले सोमबार हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।
  • जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
  • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत उनीहरूलाई उपचारका लागि सारिएको हो।

३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल अवस्थामा रहेकी एक गर्भवती महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । उनलाई सोमबार उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

स्थानीय स्तरमा पर्याप्त उपचार सुविधा नहुँदा उनलाई तत्काल उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थामा लैजानुपरेको हो ।

यस्तै, जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ ।

उनको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो मद्दत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?