Comments Add Comment

हतियारसहित चारजना भारतीय र दुई नेपाली पक्राउ

२६ असोज, रौतहट । सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा रौतहट प्रहरीले चारजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति १ बजेको समयमा प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमावर्ती क्षेत्रको परोहा नगरपालिका मोतिपुरबाट उनीहरुललाई एउटा चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय  मनोज तामाङ रहेको रौतहट प्रहरीका डीएसपी महेन्द्र मरासिनिले जानकारी दिए ।

पक्राउ परेकाहरु मध्ये धेरै बाहिरका भएकाले उनीहरुले ठूलै घटनाको योजना बनाएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले उनीहरुले प्रयोग गरेको तीन वटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरी नायब निरीक्षक (सई) कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरे थियो ।

प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिइएको रौतहट डीएसपी महेन्द्र मरासिनिले बताए । उनीहरुको साथबाट पेस्तोलसहित एक थान म्यागजिन पनि बारामद भएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भरीनै सुरक्षा व्यवस्था कडा पारिएको तथा सोही क्रममा सीमावर्ती क्षेत्रमासेमत निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment