+
+
Shares

जनकपुरमा जुवाको खालबाट पेस्तोलसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १९:५०

२६ असोज, जनकपुर । धनुषामा प्रहरीले जुवाको खालबाट ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका १९ मा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले जुवाको खालबाट एक पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली सहित तीनजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ बस्ने  ऋषिकेशप्रसाद साह,  औरही गाउँपालिका ६ का  रामचन्द्र दास  र  आशिक मण्डल रहेका छन् ।

प्रहरी पुग्दा भागाभाग हुने क्रममा तीनैजना पक्राउ पर्न सफल भएको र उनीहरुको साथबाट एकथान नलकटुवा पेस्तोल, एक राउण्ड गोली र दुईथान मोवाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकाहरुका माथि थप अनुसन्धान भइरहेको डिएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?