+
+
Shares

शनिबार पनि ‘छक्का पन्जा ३’को आक्रामक व्यापार, माग्ने र दिपकलाई दर्शकले जुरुक्कै बोके

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १६:०१

वुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो प्रदर्शनको चौथो दिन पनि आक्रामक व्यापार जारी राखेको छ । शनिबार बिदाको दिन चलचित्रले देशैभरका हलमा आक्रामक व्यापार गरिरहेको छ । शनिबार यो चलचित्रले क्यूएफएक्स चेनका ५ वटा हलमा ३२ शोज पाएको छ । अधिकांश शोजमा शतप्रतिशत दर्शक देखिएका छन् । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक छ ।

काठमाण्डौको गोपिकृष्ण हलमा बिहान ५ वटा पर्दा हाउसफूल थियो भने २ बजेको शोमा पनि ५ वटै शो हाउफूल बन्यो । चलचित्रले पहिलो दिन १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको थियो । शनिबार चलचित्रको व्यापार डेढ करोड हुने अनुमान गरिएको छ ।

काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका चलचित्रका मुख्य कलाकार दिपकराज गिरी र केदार घिमिरेलाई दर्शकले बोकेका थिए । उनीहरुले चलचित्रको कथावस्तुलाई निकै मन पराएका छन् । चलचित्रले रिलिजको ४ दिनमा ४ करोड ग्रस कलेक्शन गर्ने अड्कल गरिएको छ । निर्देशक दीपाश्री निरौलाले चलचित्रको बिषयवस्तुलाई दर्शकले मन पराइदिएको भन्दै खुशी व्यक्त गरिन् । मंगलबारबाट पर्ने दशैंको बिदाले चलचित्रको व्यापारमा झनै उथलपुथल ल्याउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?