Comments Add Comment

अष्ट्रेलियामा धिरज र साम्राज्ञीको मस्ती मुड

एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् ।

पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । चलचित्रको विशेष शो हरेक ठाउँमा हाउसफूलका साथ भएको भन्दै निर्देशक रेनशा वान्तवा राइले खुशी व्यक्त गरिन् ।

चलचित्र शोका क्रममा अष्ट्रेलिया पुगेका धिरज र साम्राज्ञीको रोमान्टिक मुड पनि देखिएको छ । उनीहरुले सामाजिक संजालमा राखेको तस्बिरमा उनीहरु मस्ती मुडमा देखिएका छन् ।

नेपालमा राम्रो व्यापार गरेको यो चलचित्रले लण्डनमा बस्ने यूवा र नेपालबाट लण्डन पुगेकी यूवतीको प्रेमकथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment