Comments Add Comment

नवरात्रिमा श्रीमान्-श्रीमतीबीच किन दुरी जरुरी ? यस्तो छ कारण

माता दुर्गाको पूजा आरधना गर्दै नवरात्रि मनाइने गरिन्छ । हिन्दु धर्ममा यस पूजा आरधनाको निकै ठूलो महत्व छ । त्यसैले, नवरात्रीमा चोसो बस्ने, नुहाईधुवाई गर्ने, मन्दिर जाने जस्ता कुराहरुलाई प्राथमिकतामा राख्ने गरिन्छ ।

यस क्रममा श्रीमान् श्रीमतिबीचको सामिप्यतालाई पनि वर्जित गरिन्छ । यसको पछाडि धार्मिक मात्र हैन, वैज्ञानिक कारण पनि छ ।

पूजा अधुरो रहन सक्छ

नवरात्रिको समयमा श्रीमान श्रीमतिबीचको सामिप्यताले मन विचलित हुनसक्छ । मनमा अनेकौ कुरा खेल्नसक्छ । जसका कारण पूजामा मन एकाग्र हुँदैन ।

शरीरमा उर्जाको कमी

नवरात्रिमा वर्त बस्नेहरुमा उर्जाको कमी हुने गर्छ । जसले गर्दा श्रीमान -श्रीमतिबीचको शरीरीक सम्बन्धमा खलल पर्न सक्छ । साथै, ब्रतकै कारण शरीर समेत उक्त सम्बन्ध कायम गर्नका लागि तयार नहुन सक्छ ।

संक्रमणका खतरा

नवरात्रिमा मौसमको पनि बदलाव हुने गर्छ । यतिबेला गर्मी कम भई जाडो सु्रु हुने गर्छ । र गर्मी सकिएर जाडो सुरु हुने बेलामा रोगको संक्रमण पनि धेरै हुने गर्छ । त्यसैले पनि यस समयमा श्रीमान श्रीमतिबीच दुरी कायम राख्न सल्लाह दिइने गरिन्छ ।

ब्रम्हचार्यकापालन

भनिन्छ, प्रत्येक नारीमा भगवानको एउटा अंश हुन्छ । त्यसैले त, नवरात्रिमा विवाहिता महिलाहरुलाई सौभाग्यको सामग्री दिने प्रचलन पनि धेरै छ । यही कारण हुनसक्छ, नवरात्री भरी श्रीमान तथा श्रीमतिलाई संयमित भई ब्रम्हचार्यका पालन गर्न तथा आफूहरुबीच दुरी कायम गर्न सल्लाह दिइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment