+
+
Shares

टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १५:२७

२८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए ।

सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै आइतबार पक्राउ गरेको जनाइएको छल ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?