+
+
Shares

आज नवरात्रको छैठौं दिनः कात्यायनीदेवीको पूजा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते ७:२५

२९ असोज, काठमाडौं । आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् । नवरात्रीको उत्सवको छैठौं दिन अर्थात षष्टि तिथिमा उनको पूजा आराधना गर्ने गरिन्छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?