Comments Add Comment

नवरात्रमा किन खाली खुट्टा पैदल हिड्ने ? यी हुन् पाँच फाइदा

नवरात्र जारी छ, जसको आफ्नै विशिष्ठ धार्मिक महत्व छ । शरदीय ऋतुको यो मौसम स्वास्थ्यको दृष्टिले पनि उत्तिकै राम्रो मानिन्छ । यस मौसमको अझ बढी फाइदा त त्यसबेला उठाउनुहुन्छ, जतिबेला खाली खुट्टा हिँड्नुहुन्छ ।

नवरात्रको समयावधीमा जुत्ता, चप्पल नलगाई हिँड्दा स्वास्थ्यमा अनेकन सकरात्मक प्रभाव पर्छ । धेरै हिँड्नु पनि परेन । नियमित दुई सातासम्म खाली खुट्टा पैदल हिँड्नुपर्छ । दैनिक एकदेखि डेढ घण्टा । यसले गदा लामो समय निरोगी रहनको लागि सहयोग पुग्ने गर्छ ।

बदलिदो मौसम स्वस्थकर

नवरात्रअघि वर्षाको समय हुन्छ । वर्षाको मौसम समाप्त भएर शरद ऋतु शुरु हुन्छ । यो मौसममा न बढी गर्मी हुन्छ न बढी जाडो । यस्तो मौसममा उदाएको सूर्यबाट अत्याधिक रुपमा भिटामिन डि प्राप्त गर्न सकिन्छ ।

शरीरको तापक्रममा सन्तुलन

यो मौसमममा जमिनको तापक्रम हल्का गर्मी हुन्छ । यस्तो मौसममा खाली खुट्टा हिड्दा शरीरलाई स्वास्थ्यअनुकुल ताप मिल्छ । वर्षाको समयमा कफको समस्या हुने बढी सम्भावना हुन्छ ।

त्यसैले यस्तो मौसममा खाली खुट्टा हिँड्दा शरीरको तापक्रम, मौसम र स्वास्थ्यको लागि सन्तुलन गर्ने काम गर्छ । यसले शरीरको चिसोलाई कम गरेर गर्मी बढाउने गर्छ ।

अकुप्रेशर थेरापी

खाली खुट्टा हिँड्दा पैतलाको कारण शरीरमा एकुप्रेशर हुने गर्छ । जुत्ता- चप्पल नलगाई हिँड्दा पैतलास्थित पञ्जाका नशामा दवाव पर्न जान्छ । यसले रक्त सञ्चारलाई तिव्र बनाउँछ । ब्लकेजको समस्या पनि टाढा भएर जान्छ ।

शरीरको सबै अंग हात र खुट्टाको पञ्जामा भएका नसासँग जोडिएको हुन्छ । जसलाई अकुप्रेशर प्वाइन्ट भनिन्छ । यसमा दवाव पर्दा शरिरको सबै अंगमा सकरात्मक प्रभाव पैदा हुन्छ । १०-१२ खुट्टा हिड्दा शरीरमा एकुप्रेशर थेरापी नै हुन्छ । जसले शरीरमा लामो समयसम्म स्वस्थ रहनको लागि मदत पुग्छ ।

मांशपेशी शक्रिय हुन्छ

नांगो खुट्टाले पैदल हिँड्दा शरिरका पुरै मांशपेशी शक्रिय हुने गर्छन् । जुत्ता -चप्पल लगएर हिँड्दा त्यति हुँदैन । करिव १० दिन जुत्ता-चप्पल विदा पैदल हिड्दा शरिरका प्राय सबै भागका मांशपेसी शक्रिय हुने गर्छ ।

तनावबाट मुक्ती

खाली खुट्टा पञ्जाले हिँड्दा तनाव, उच्च रक्तचाप, जोर्नीको दुखाई, अनिद्रा, मुटुसम्बन्धि समस्या, अर्थराइटिस, आस्टियोपोरोसिसको समस्याबाट मुक्त पाउन सकिन्छ । जसले शरिरको रोगप्रतिरोधी क्षमतलाई बढाउने काम गर्छ ।

जो हिँड्नु हुँदैन

मधुमेह, अर्थराइटिस, पेरिफेरल भास्कुलर रोगबाट ग्रसित मानिस भने खाली खुट्टा हिँड्नु अनुकुल हुँदैन । किनकी यस्ता मानिस खाली खुट्टा हिँड्दा समस्या बढ्न सम्भावना हुन्छ । अथावा यस्ता मनिसले चिकित्सकको सल्लाह लिएर मात्र निर्णय गर्न आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment