+
+
Shares

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते ९:५१

२९ असोज, गुल्मी । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

लु १ ज २१८१ नम्बरको जीप चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीले दुर्घटनाको पुष्टि गर्दै चन्द्रकोट गाउँपालिका-२ का ३५ वर्षीय लालबहादुर गुरुङ र ५२ वर्षीय भरत गुरुङको मृत्यु भएको जानकारी दिएको छ ।

जीपमा कति सवार थिए र के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?