+
+
Shares

कर्णालीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका अझै भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १२:१६

३० असोज, कैलाली । सोमबार साँझ डुंगा दुर्घटनामा बेपत्ता भएकोहरुको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

कैलालीको मोहन्याल गाउँपालिका-७ पितमारीमा रहेको कर्णाली  नदीमा डुंगा पल्टदा पाँच मध्ये दुईजना बेपत्ता भएका थिए भने तीनजना पौडिएर बाँचेका छन् । उनीहरु दशैं दिवा मनाउन कर्णाली नदी किनारमा पुगेका थिए ।

वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका-६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिका वौनियाका दुसान्त हमाल (३२ वर्ष), चक्र विडारी (२२) र डुंगा चालक मोहन्याल गाउँपालिका ७ का प्रकाश विष्ट भने पौडिएर बाँचेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार उनीहरु चढेको डुंगा अनियन्त्रित भइ पल्टिएको थियो ।

वेपत्ताको खोजीका लागि स्थानीय गोताखोर, टीकापुरबाट गएको सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय चिसापानीको टिम र आफन्तहरु विहानैदेखि खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

पानी अत्याधिक चिसो भएका कारण गोताखोरहरु डुंगा दुर्घटामा भएको स्थानमा पानी मुनी जान सकिरहेका छैनन् । घाम लागेपछि मात्रै पानी भित्र गएर खोज्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?