Comments Add Comment

दशैंमा मात्र २० करोडको फूल कारोबार

३१ असोज, पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ ।

घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ ।

घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् ।

दशैंमा घर/घरमा फुल लगेर सजाउनेहरुले अत्यधिक रुपमा फुल खरिद गरेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

उनका अनुसार होटल, रेष्टुरेण्ट, रिसोर्ट, वैंक तथा वित्तिय संस्थालगायतले पनि फूल खरिद गरेका छन् । कसैले फुलेका फूल लैजान्छन् त कसैले बिउ र बेर्ना ।

दशैंमा पोखरामा सबैभन्दा बढी तिहारे फूल अर्थात सयपत्री (मेरिगोल्ड) बिक्री भएको छ । हेर्दा पनि राम्रो र आकर्षक हुनुका साथै जुनसुकै बेलापनि प्रयोग गर्न मिल्ने भएकाले यो फूल बढी विक्री भएको एशोसियसनका अध्यक्ष द्वाले बताए । गोदावरी, मखमली, लालुपातेलगायतका फुलहरु बिक्री भएका छन् ।
त्यस्तै, बाह्रमासे फूल, फिस्टेल प्लान्ट, बोटल प्लान्ट अन्य भन्दा धेरै बिक्री भएको व्यवसायीहरु बताउँछन् ।

उनका अनुसार अर्किडको भने दशैंमा खासै डिमान्ड भएन । यो अन्य फुलभन्दा महंगो र स्यार पनि धेरै गर्नुपर्ने भएकाले सर्वसाधारणको रोजाइमा नपरेको उनले बताए ।

पोखरामा बिक्री भएका सबै फूल पोखरामै उत्पादन गरिएका हुन् । यसअघि बाहिरबाट ल्याउने गरिएको भएपनि यस वर्ष शतप्रतिशत पोखरामै उत्पादन भएको अध्यक्ष द्वाले दाबी गरे । यद्यपि फूलको बिउ र बेर्ना भने अझैपनि विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ ।

पोखरामा यस वर्ष तिहारमा पनि फूलको अभाव नहुने व्यवसायीहरुको दाबी छ । पोखरा महानगरपालिकासहित विभिन्न संघसंस्थाले फूलको बिउ र बेर्ना वितरण गरेका छ ।

फूल खेतीको क्षेत्रफल पनि बढेकाले पोखराका लागि फूल पर्याप्त हुने अध्यक्ष द्वाले बताए । यस वर्ष मौषम पनि अनुकुल भएकाले उत्पादन पनि बढेको छ ।

फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीले कात्तिक तेश्रो साता पोखरामा गोदावरी मेला समेत आयोजना गर्दैछ । एशोसियसनले तिहारलाई लक्षित गरी आगामी कात्तिक १५ देखि १८ गतेसम्म गोदावरी मेला गर्न लागेको अध्यक्ष द्वाले जानकारी दिए । एशोसियसनमा ३६ जना पुष्प व्यवसायीहरु आबद्ध छन् । यसबाहेक किसानहरुले मौषमी फूल उत्पादन र व्यापार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment